अभिनेता रमेश उप्रेतीले दोस्रो बिहे गर्ने भएका छन् । घरपरिवार बाट बिहेको लागि धेरै नै प्रेसर आएपछि उनले दोस्रो बिहे गर्ने तयारी गरेका हुन् । उनले आगामी मंसिर महिनामा बिहे गर्ने जनाएका छन् ।
दोस्रो बिहेको लागि अब आफू मानसिकरुपमै तयार भएको भन्दै उनले भने, ‘मैले अहिले बिहेको मूड पनि बनाएको छु। त्यसैले, ‘मैले आफ्नो स्वविवेकमा यो जिम्मा परिवारलाई छाडेको छु। ‘सबै कुरा लेखेर ल्याएको हुन्छ । जे लेखेको छ, त्यो स्वीकार्न म तयार छु ।’
अभिनेता उप्रेतीले बिहे गर्न लागेको युवती चलचित्र क्षेत्र भन्दा बाहिरकी हुन् । उनी हाल अस्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् । अभिनेता उप्रेती पनि लामो समय अमेरिका बसेर नेपाल फर्किएका हुन् ।
उनको पछिल्लो चलचित्र ऐश्वर्य हो।