लण्डनमा जुलाई ७ देखि २० सम्म ‘नेपाल फिल्म फेस्टिभल’ हुँदै

२७ असार २०८१ ०:२२

विश्व बजारमा नेपाली चलचित्रको प्रवर्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाल फिल्म फेस्टिभल’को आयोजना हुनेभएको छ । दिनेश डीसी प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको यो फेस्टिभलमा पाँच नेपाली चलचित्र देखाइने छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दिनेश डीसी प्रोडक्सनले अवार्डबारे थप प्रस्ट पारेको हो ।

जुलाई ७ देखि २० गतेसम्म चल्ने उक्त फेस्टिभलमा अन्तिम संस्कार र हल्कारा प्रदर्शन भइसकेका छन् । जुलाई १४ मा टुल्की र प्रसाद २ प्रदर्शन हुनेछन् । त्यसैगरी, २० तारिखमा ‘सरिता’ प्रदर्शन हुनेछ । यो फेस्टिभलमा संगीतकार बास्कोटालाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिने छ ।

फेस्टिभलमा नेपालबाट एक दर्जन बढी कलाकार सहभागी हुनेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीदेखि शम्भुजीत बास्कोटा, दिलीप रायमाझी, प्रदीप खड्का, पूजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, दिनेश डीसी, एलिश कार्की, अनिता चलाउने लगायत कलाकारको टिम जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *