नायक धिरज मगर नायिका उउपासना सिंह ठकुरीकोको मुख्य भूमिका रहेको चलचित्र ‘कुस्मा’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले यो चलचित्रलाई आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेको हो ।
निर्देशक अशोक थापा मगरले निर्देशन गरेको यो चलचित्रले मगर समुदायको सत्य कथालाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ ।
निर्देशक अशोककै लेखन तथा स्क्रिनप्ले रहेको यो चलचित्रमा धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ ।