‘तेल भिसा’ भदौ २८ बाट ब्याक हटेको हो ?

२२ असार २०८१ ७:३७

भदौ २८ गतेबाट रिलिजमा आउने भनिएको चलचित्र ‘तेल भिसा’सो मितिबाट पछाडि धकेलिएको छ । यो चलचित्रको छायांकन सुरु हुनु अगाबै आगामी भदौ २८ गते प्रदर्शन गर्ने तयारी निर्माणपक्षको थियो ।

शुक्रबार निर्माणपक्षले नायक विपिन कार्कीको नयाँ तस्वीर सार्वजनिक गर्दै अब यो चलचित्र भदौमा रिलिज नहुने जनाएको हो । सार्वजनिक तस्वीरमा अब कुन मितिमा यो चलचित्र रिलिज होला भनेर प्रश्न गरिएको छ ।

निर्देशक शंकर घिमिरेको निर्देशन रहेको यो चलचित्रको पहिलो चरणको छायांकन अमेरिकामा गरिएको थियो । अबको केही हप्तापछि यो चलचित्रको दोस्रो चरणको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ ।

वेलडन क्रिएसनको व्यानरमा निर्माण भएको यो चलचित्रमा नायक विपिन कार्कीको अलावा वर्षा राउत, ऋचा घिमिरे, पूजा चन्द लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *