नायिका आचाँल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको चलचित्रे ‘वर एन्ड वधु’ले प्रदर्शन मिति तोकेको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
आगामी तीजलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरिएको यो चाचित्रको सार्वजनिक पोस्टरमा भने अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्माचार्यलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । यसमा आँचल र विवेकले एक्सन पनि गरेका छन् ।
जानुका थापा निर्माता र डा. अमित रिजाल यो चलचित्रको कार्यकारी निर्मातामा छन् । एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुदिप बरालको छायांकन रहेको छ भने हिमाल केसीको द्वन्द्व निर्देशन छ ।
सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा निर्माण गरिएको यो चलचित्र नेपाल र रोमानियामा छायांकन भएको हो । यो चलचित्रको अहिले पोष्ट प्रोडक्शनको काम भइरहेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।
निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ ।