अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’लाई फेरी प्रदर्शन गरिने भएको छ । गतबर्षको वैशाख १ गते प्रदर्शन भएको यो चलचित्रलाई पुन : प्रदर्शन गर्न लागिएको निर्माणपक्षले जनाएको हो ।
अब, भने यो चलचित्र साउन महिनाको ३२ गतेबाट देशब्यापी प्रदर्शनमा आउने छ । यो चलचित्रलाई जारिको चेपुवामा परेको भन्दै निर्माणपक्षले प्रदर्शनको दुई दिनमै हलबाट उतारिएको थियो ।
छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश वुढाथोकी लगायतका कलाकारको अभिनय छ ।
निर्देशक लक्ष्मण सुनारले निर्देशन गरेको यो चलचित्रको कथा, पटकथा, संवाद, निर्देशन, अभिनयले निकै प्रशंसा पाउदै आएको छ भने विभिन्न महोत्सवमा अवार्ड समेत जित्द सफल भएको चलचित्र हो ।
टोपेन्द्र विष्टको लगानी रहेको यो चलचित्रको निर्माता तथा कलाकार विराज विष्ट हुन् । उनका अनुसार, यो चलचित्र साउनको ३२ गतेबाट पुनः रिलिज गर्न लागिएको हो ।