पहिलो सिजनबाट नै दर्शकको साथ पाउँदै आएको लोकप्रिय कार्यक्रम ‘कमेडी च्याम्पियन’को तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् ।
शनिबार भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ विजेता बन्न सफल भएका हुन् ।
प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बने ।
कमेडी च्याम्पियन ग्राण्ड फाइनल बिजेता खड्काले सिजी मोटर्स अन्तर्गतको नेटा भीको आकर्षक गाडी जितेका छन् । विजेता घोषित भएसँगै उनले नगद पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे ।
विशाल भण्डारी निर्देशक रहेको यो शोको प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।