भ्यालेन्टाइन डेमा ‘जेरीः अन टप’को रिलिज पक्का

१६ असार २०८१ ९:०५

अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘जेरीः अन टप’को प्रदर्शन मिति तय भएको छ । आगामी भ्यालेन्टाइन डेको अवसर पारेर यो चलचित्र फागुनको २ गतेबाट अल ओभर नेपाल प्रदर्शन हुने भएको हो ।

साउनको पहिलो हप्ताबाट छायांकन सुरु हुने यो चलचित्रको दोस्रो सातामा महाशिवरात्रि पर्व पनि रहेकाले निर्माणपक्षले भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ लाई प्रदर्शन मिति लक गरेको हो ।

निर्देशक सुयोग गुरुङको निर्देशनमा तयार हुन लागेको यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिनेछ । चलचित्रमा सरोज न्यौपाने, दीपक भण्डारी र रोविन शेरचनको निर्माण रहनेछ ।

काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने यो चलचित्रमा नायक अनमोल केसी, नायिकाद्धय आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *