असार २८ गतेबाट प्रदर्शन हुने चलचित्र ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’ रिलिज भएको छ । शुक्रबार यूट्युब मार्फत सार्वजनिक गरिएको यो गीतको भिडियोमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।
एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर छ । प्रेमिल शैलीको गीतमा दयाहाङ र मिरुनाप्रतिको प्रेमाकर्षणलाई प्रस्तुत गरिएको छ ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्माता जनक घर्ती मगर हुन् भने यो चलचित्रलाई छायांकार सुसन प्रजापतिले खिचेका हुन ।
निर्देशक अनिल बुढामगरको निर्देशन रहेको यो चलचित्रमा दयाहाङ राई र मिरुना मगरको अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
पूर्वीरुकुम आसपासमा छायांकन गरिएको यो चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा र संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले उनलाई सघाएका छन् ।