‘सतीदेवी’को नयाँ गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक

८ असार २०८१ १३:००

आगामी साउनको ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार निर्माणपक्षले यसको ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत ओएसआर डिजिटलको युट्यूब चानल मार्फत सार्वजनिक गरेको हो ।

सार्वजनिक यो गीतको भिडियोमा चलचित्रकी मुख्य अभिनेत्री मलिका महत फिचर्ड छिन् । यो गीतमा लक्ष्मण सुवेदीको शब्द, सुभाष भुषालको संगीत, ममता गुरुङको स्वर समावेश गरिएको छ ।

लक्ष्मण सुवेदीले निर्देशन गरेको यो चलचित्रमा सुवेदीकै लेखन छ । नारीको कथामा निर्माण गरिएको यो चलचित्रले एक छोरीको पिडाको कथा भन्छ । एउटा परिवारमा छोरीको जन्म भएपछि छोराको चाहना कसरी उत्पन्न हुन्छ र छोरीलाई कस्तो व्यवहार गरिन्छ भन्ने कथामा यो चलचित्र निर्माण गरिएको छ ।

श्रीदेवी सुवेदी र विशाल सुवेदीको निर्माण रहेको यो चलचित्रमा अभिनेत्री मलिकाको साथमा हर्षिका ओली, मन्जिला बानियाँ, सन्दिपबाबु लोहनी, रमेश वुढाथोकी लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *