आज शुक्रबार बाट दुई चलचित्र ‘दान्भी’ र ‘आचार्य’ प्रदर्शनमा आएको छ । निर्देशक रुपेश तामाङको निर्देशन रहेको चलचित्र ‘दान्भी’ र प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्र ‘आचार्य’ प्रदर्शनमा आएको हो ।
दान्भी
यो चलचित्रमा नायिका पूजा शर्माको मुख्य भूमिका रहेको छ । यो उनको पहिलो एक्सन चलचित्र हो । त्यसैगरि, यो चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा १६ र काठमाडौं उपत्यका बाहिर ३१ शो प्रदान गरेको छ ।
आईएनआईले १२, वान सिनेमाजले सात शो दिएको छ । एफक्युब, बीएसआर, बिग मुभिज रन्जनालगायत मल्टिप्लेक्समा पनि यो चलचित्रले उच्च शो पाएको छ ।
यो चलचित्रमा नायिका पूजासँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको अभिनय छ ।
आचार्य
सत्यराज आचार्यको मुख्य भूमिका रहेको यो चलचित्र बायोपिक हो । चलचित्रमा सत्यराजसँगै सौगात मल्ल, दयाहाङ राई, सुनील पोखरेल, विपीन कार्की, अरुणा कार्कीलगायतको अभिनय छ ।
यो चल्चित्रले क्यूएफएक्स काठमाडौंमा जम्मा तीन शो मात्र पाएको छ । काठमाडौं उपत्यका बाहिर क्यूएफएक्सले तीन शो दिएको हो ।
वान सिनेमाजले तीन शो दिएको यो चलचित्रलाई आईएनआईले पनि तीन/तीन शो दिएको छ । यो चलचित्र यसअघि १३ वर्ष अगाडि रिलिज भएको थियो ।
१३ वर्ष अगाडि राम्रो समीक्षा पाएको यो चलचित्र गायक तथा संगीतकार भक्तराज आचार्यको बायोपिक चलचित्र हो ।