बुर्ज खलिफाको अगाडि महेश र अस्मिताको इन्गेजमेन्ट

६ असार २०८१ ५:५०

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । यूएइको दुबईमा एक सांगीतिक कार्यक्रमको सिलसिलामा पुगेका उनीहरुले असारको ५ गते विश्वकै अग्लो टावर बुर्ज खलिफाको अगाडि बसेर इन्गेजमेन्ट गरेका हुन् ।

महेश र अस्मिता केही बर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । गायक महेशले खुशी हुँदै सामाजिक संजालमा इन्गेजमेन्टको फोटो पोस्ट गर्दै आफूहरु एक भएको जनाएका छन् । यी दुबै जोडी निकै खुशी देखिएका छन् ।

यो जोडीले एक अर्कालाई इन्गेजमेन्टको औठी लगाइदिएका थिए । त्यस्तै, गायिका अधिकारीले दुई आत्मा एक भएको बताएकि छिन् ।

सांगीतिक करिअरलाई एकसाथ अगाडि बढाइरहेको यो जोडीले प्रेमलाई सार्वजनिक रुपमा स्विकार गर्दै दुबइ पुगेर इन्गेजमेन्ट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *