‘मायाका रंगहरु’मा अभिनेता मनिष राउतको प्रवेश

६ असार २०८१ ५:२८

निर्देशक केवल तामाङको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘मायाका रंगहरु’मा अभिनेता मनिष राउतको प्रवेश भएको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने यो चलचित्रको लागि यसअगाडि सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् ।

अभिनेता राउतको प्रवेश सँगै अब कलाकारहरुको लाइनअप पूरा भएको छ । यो चलचित्रमा भने उनी भिलेनको भूमिकामा देखिन लागेका हुन् । प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा देखिएका थिए । केमियो भूमिका रहेको उनको पछिल्लो चलचित्र ‘खजुरे ब्रो’ हो ।

अस्कर कलेजमा अभिनय सिकेका अभिनेता राउतले दर्जनौं छोटोचलचित्रमा अभिनय गरिसकेका छन् । केही म्यूजिक भिडियोमा पनि काम गरिसकेका मनिष यो चलचित्रलाई लिएर उत्साहित छन् ।

पुनम तामाङको प्रस्तुति रहेको यो चलचित्रमा शेखर ज्ञवालीको कथा लेखन छ भने सौरभ लामाको छायांकन, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत तथा रामजी लामिछाने, सुष्मा सोनम र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यो चलचित्रका निर्माता आरबी थाङ्देन हुन् भने सह-निर्मातामा जनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *