लघुचलचित्र ‘मृत्युकोष’ को छायांकन सकिएको छ । एकजना मानिसले आफ्नो जीवनको उत्तराद्र्धमा आएर भोग्नुपरेको समस्या निर्माण गरिएको हो । पछिल्लो समय युवाहरुको प्रवास पलायनको मारमा बृद्धबृद्धाहरु पर्ने गरेका छन् । यसै विषयवस्तुभित्र रहेर एउटा सशक्त सामाजिक सचेतनाको लागि यो चलचित्र निर्माण गरिएको हो ।
यो चलचित्रलाई निर्देशक माधवराज खरेलले निर्देशन गरेका हुन् भने उनकै निर्देशन तथा लेखन रहेको चलचित्र चिट्ठी प्रदर्शनको तयारीमा रहेको छ ।
एरा प्रोडक्सनको प्रस्तुित र सञ्चारकर्मी कमला जोशी निर्माता रहेको चलचित्रलाई खरेलले नै लेखेका हुन् । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक खरेल नेपालको पहिलो मौन चलचित्र ‘ढुङगे युग’, ‘बिरानो माया’, ‘ढुङ्गे युग २’, ‘कुईनेटो’, ‘दुर्गामाडौँ’, ‘हेवे’ ‘करैते भोर’, ‘गढीमाई’, ‘चिट्ठी’ लगायत चलचित्र निर्देशन गरेका छन् ।
काठमाडौँ, ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रलाई मुकेश हुँमागाई र राजन खरेलले खिचेका हुन् । यो चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा.राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय छ ।