अल्लुको पुष्प २: द रुल स्थगित – अक्षयको ‘खेल खेल में’ अजयको ‘सिंघम अगेन’ रिलिज

३१ जेठ २०८१ ८:११

अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा २: द रुल’ बहुप्रतिक्षित चलचित्र हो । चलचित्रको टिजर र गीतहरु यसअघि नै लोकप्रिय भइसकेका छन् ।

फिल्ममा फहद फासिल, जगदीश प्रताप बन्दरी, जगपति बाबु, प्रकाश राज, अनुसया भारद्वाज लगायतका कलाकारको अभिनय रहेको छ । पुष्पा २ अगस्ट १५, २०२४ मा रिलिज हुने भनिएको थियो तर पछिल्लो रिपोर्टले चलचित्र स्थगित भएको बताउँछ।

ट्रेड एनालिस्ट सुमित कँडेलले सामाजिक सञ्जालमा चलचित्रको प्रदर्शन स्थगित भएको जानकारी दिएका छन् । रिपोर्टका अनुसार फिल्मको छायांकन सकिएको छैन र यसलाई स्वतन्त्रता दिवसमा रिलिज गर्न सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *