निर्देशक रुपेश तामाङको निर्देशनमा तयार हएको चलचित्र ‘दान्भी’ प्रदर्शनको तयारीमा छ। यो चलचित्र मार्फत नायिका पूजा शर्मा पहिलोपटक एक्सन अवतारमा देखिँदै छिन् ।
आगामी असार ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रमा नायिका पूजाले ठुलो रिक्स मोलेको बताइन् । उनले भनिन्,-‘सधैँ एकै प्रकारको चलचित्रमा काम गर्नुभन्दा फरक पनि हुन्छ र सिक्ने मौका पनि मिल्छ भनेर ‘दान्भी’ गरेको हो। एक्सन के हो थाहा थिएन । अहिले धेरै नलेज भएको छ ।’
मैले अरेको अरु चलचित्रको एक्सनभन्दा ‘दान्भी’ को निकै फरक रहेको उनको भनाइ छ । भन्छिन्, ‘यो चलचित्रमा त्यस्तो एक्सन छ । जुन दर्शकले साच्चिँकै मेरो कामको तारिफ गर्नुहुन्छ ।’
एक्सनको अलावा यो चलचित्रमा उनको मुख्य भूमिका रहेको छ। यो चलचित्रको व्यावसायिक दबाब उनी माथि छ । उनी पनि चलचित्रको व्यवसाय गर्नुपर्ने दबाबमा आफू रहेको बताइन् ।
कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा रहेको यो चलचित्रमा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
यो चलचित्रमा पूजाको अलवा किरण श्रेष्ठ, कुन्साङ बोमजोमको पनि मुख्य भूमिका रहेको छ । देव मगर र अनुप गडाल निर्माता रहेको यो चलचित्रको कार्यकारी निर्माता पवन राना मगर हुन् ।