आगामी असार ६ देखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘जेरी अनटप’मा नायिका आँचल अनुबन्धित भएकी छिन् । यो चलचित्रको मुख्य भूमिकामा नायक अनमोल केसी र नायिका आना शर्मा यसअघि अनुबन्धित भइसकेका छन् ।
अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायिका आँचल शर्मा शीर्षमध्येको एक भूमिकामा अनुबन्धित भएकी हुन् । शुक्रबार निर्माता र आँचलबीच लिखित सम्झौता भएको हो । यो चलचित्रमा उनी अनुबन्धित भएसङै कलाकारहरुको लाइनअप पूरा भएको निर्माणपक्षले जनाएको छ।
रोमान्टिक कथामा निर्माण हुने यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा निर्माण हुनेछ। यो चलचित्रमा नायिकाद्वय आना र आँचलले अनमोलसँग अनस्क्रिन रोमान्स गर्नेछन् । नायिका आँचल र नायक अनमोल केसीले पहिलोपटक सहकार्य गर्दैछन् ।
निर्देशक सुयोग गुरुङको निर्देशन रहने यो चलचित्र काठमाडौं, लुक्ला र मुस्ताङमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । यो चलचित्रका निर्माता रोहित अधिकारी हुन् । चलचित्रको निर्माणमा न्यौपाने र दीपक भण्डारीले सहकार्य गर्दैछन् ।