आज शुक्रबार बाट दुई नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ रिलिजमा आएको छ। यी दुबै चलचित्रले काठमाडौं प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ। यी दुवै चलचित्रमध्य मल्टिप्लेक्सले ‘लन्डन टु पेरिस’ को तुलनामा ‘गाउँ आएको बाटो’लाई शोज शङ्ख्या बढी दिएको हो ।
निर्देशक नवीन सुब्बा निर्देशित यो चलचित्र ‘गाउँ आएको बाटो’ बाबु छोराको बिचको कथामा निर्माण गरिएको हो । चलचित्रमा अभिनेता दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ ।
मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । चलचित्रको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई रहेका छन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्र गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्यमा निर्माण भएको हो । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियामा बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन् ।
घनश्याम लामिछाने निर्देशित यो चलचित्र ‘ट्राभल लभस्टोरी’ कथामा निर्माण गरिएको हो । यो चलचित्र ‘लन्डन टु पेरिस’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।