‘ज्वाइँ साब’मा जोडिए ‘जिरे’ अर्थात इशान राउत

२२ जेठ २०८१ ७:३३

हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रुपमा अभिनय गरेका इशान राउत चलचित्र ‘ज्वाइँ साब’मा जोडिएका छन् । यो सिरियलमा अभिनय गरेपछि इशानको चर्चा निकै चुलिएको थियो भने आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिनेका थिए ।

लामो समयदेखि मिडियामा देखा नपरेका उनी अब यो चलचित्र मार्फत दर्शकमाझ देखिदैछन् । रोचक कुरा त के छ भने, यो चलचित्रको शिर्ष भूमिकामा जीतु नेपालले अभिनय गरिरहेका छन् । जीतुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए ।

बाल–कलाकारको रुपमा स्थापित भएका इशान अब ठूलो भइसकेका छन् । उनको यो चलचित्रमा कस्तो भूमिका रहनेछ भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, चलचित्रमा उनलाई र जितु नेपाललाई एकसाथ देख्दा दर्शकको ध्यान पक्कै पनि तानिनेछ ।

हाल मकवानपुरको चित्लाङमा छायांकन भइरहेको यो चलचित्रलाई २० दिन चित्लाङमा खिचेर यसको निर्माणपक्ष सौराहा र इलाम पुग्नेछ । चलचित्रमा जितुको जोडीको रुपमा नीति शाहले अभिनय गरिरहेकी छिन् ।

आगामी तिहारमा रिलिज गर्ने तयारीमा रहेको यो चलचित्र राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुनेछ। बिजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहने यो चलचित्रमा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *