इटालीबाट ‘गाउँ आएको बाटो’ प्रिमियरका लागि काठमाडौं आइन् हाइडी ली

२१ जेठ २०८१ १२:२५

निर्देशक नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ प्रिमियरका लागि संगीतकार हाइडी ली काठमाडौं आइपुगेकी छन् । उनी सोमबार इटालीबाट काठमाडौं आइपुगेकी हुन् ।

चलचित्र सहायक निर्माता मिन्सो लिम्बुका अनुसार यो चलचित्रमा लीले ३० वटा जति सांगीतिक टुक्रामा संगीत दिएकी छन् । यो चलचित्रको शीर्ष गीत ‘आलाङ्ने’ पनि लीकै कम्पोजमा राजेशपायल राईले स्वर भरेका हुन् ।

यसअघि गीतको रेकर्ड गर्ने क्रममा नेपाल आएकी संगीतकार लीको यो दोस्रो नेपाल भ्रमण हो । उनी दोस्रो पटक नेपाल आउन पाएकोमा निकै खुशी भएको बताएकि छिन् ।

यो चलचित्रको बुधबार बिग मूभिजमा राई संस्कृतिको थिममा प्रिमियर हुँदैछ । गाउँमा सडक पुगेपछि त्यसले ल्याउने सामाजिक, आर्थिक र पारिवारिक उतारचढावको कथालाई यो चलचित्रले भन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *