निर्देशक साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। शनिबार निर्माणपक्षले सामाजिक संजाल मार्फत यो चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक फस्टलुक पोस्टरमा चलचित्रकी मुख्य नायिका स्वस्तिमा खड्का प्रस्तुत छिन् । उनी एग्री लुक्समा ट्याक्टर माथि चढेर औँला ठड्याउँदै गरेको देख्न सकिन्छ।
नायिका स्वस्तिमा खड्का र र उनका श्रीमान निश्चल बस्नेतको निर्माण रहेको यो चलचित्रको अपोजिटमा उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेत रहेका छन् ।
नामकै कारणले चर्चामा आएको यो चलचित्रले बिबाहको कथालाई पेश गर्नेछ। चितवनको मेघौलीमा छायांकन गरिएको यो चलचित्र आगामी दशैंमा ल्याउने घोषणा गरिए पनि यकिन मिति भने अहिलेसम्म तय गरिएको छैन । यो चलचित्रको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।