‘लण्डन टु पेरिस’को नयाँ रोमान्टिक गीत ‘सुवी डु’

१९ जेठ २०८१ ४:२८

आगामी जेठ २५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुबी डु’ सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट यो चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

घनश्याम लामिछाने निर्देशित यो चलचित्रको गीतमा बियोण्डको संगीत तथा शब्द तथा बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ । तीन जोडीको प्रेमकथा दर्शाउने गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कविर खड्का फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा लंगनेस फर्नान्डेजको कोरियोग्राफी छ ।

ट्राभल लभस्टोरी जनरामा निर्माण गरिएको यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धी, रुस्मा थापा, मनीष गान्धी, मनीष श्रेष्ठ र लोकविक्रम मल्ल प्रमुख अभिनय रहेको छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो चलचित्र गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडले निर्माण सहकार्य गरेको हो । अमित बस्नेतले निर्माण गरेको यो चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *