जीतु र नीतिले थाले ‘ज्वाइँ साब’को छायांकन

१९ जेठ २०८१ ४:०१

निर्देशक वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको छ । शुक्रबार यो चलचित्रको मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको हो ।

यो चलचित्रका मुख्य कलाकारहरु जीतु नेपाल, नीति शाह लगायतले भैरव मन्दिरमा पुजा गरे । चलचित्रमा जीतु नेपाल शिर्ष भूमिकामा देखिदैछन् । जीतु र नीतिका अलवा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चित्लाङमा २० दिन खिचिने यो चलचित्रको सौराहा र इलाममा गरी एक महिनासम्म यो चलचित्रलाई विभिन्न फरक लोकेशनमा खिचिने निर्माणपक्षले बताएको छ।

रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहनेछ । चलचित्र प्रस्तुतकर्ता राज कुमार पण्डित हुन् ।

यो चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

समसामयिक कथामा निर्माण गर्न लागिएको यो चलचित्रले सामाजिक कथालाई कमेडी शैलीमा भन्ने निर्देशक निरौला बताउछन् । यो चलचित्र यो बर्षको तिहारमा रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *