यो वर्षकै प्रतीक्षित चलचित्रको रुपमा हेरिएको ‘छक्कापञ्जा ५’को छायांकन सुरु गरिएको छ। विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको सुभसाइत गर्दै निर्माण टिमले छायांकन सुरु गरेको हो। यो चलचित्रको औपचारिक छायांकन शुक्रबारदेखि सुरु हुनेछ ।
निर्देशक दीपाश्री निरौलाले निर्देशन गर्ने यो चलचित्रको ४५ दिनसम्म काठमाडौं र पोखरा आसपासका क्षेत्रमा छायांकन हुनेछ । यो चलचित्रको मुख्य भूमिकामा अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा सिवाकोटीको छन्। यो चलचित्रको अन्य कलाकारबारे केहीपनी खुलाइएको छैन ।
आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रमा दीपक शर्मा र बाबुल गिरीको संगीत, दीपकराज गिरीको कथा, हरि हुमागाँइको छायांकन रहनेछ।
असोज २४ गते फूलपातिको दिनबाट देशव्यापि प्रदर्शन गरिने यो चलचित्रको कलाकार तथा लेखक दीपकराज गिरीले राजनीतिक कथावस्तु भन्दा केही पर रहेर सामाजिक कथावस्तुलाई प्राथमिकता दिएको बताए ।