एक्सनले भरिएको ‘दान्भी’को ट्रेलर रिलिज

१७ जेठ २०८१ १२:०५

रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘दान्भी’को ट्रेलर रिलिज गरिएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

नायिका पूजा शर्माको मुख्य भूमिका रहेको यो चलचित्रले ट्रेलर एक्सनले भरिपूर्ण छ । सार्वजनिक ट्रेलरमा एक्सनसँगै कुन्साङ र पूजाबिचको केमेष्ट्री गज्जबको देखिएको छ ।

रविन थापा मगरको लेखन रहेको यो चलचित्रमा संजोग कुँवर रानाको पटकथा तथा संवाद छ। पवन राना मगर कार्यकारी निर्माता रहेको यो चलचित्रमा देव मगर र अनुप गडालको लगानी छ ।

अर्जुन पोखरेल, नरेश जोगी र केदार राज नेपालीको संगीत, हरिबहादुर घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन रहेको यो चलचित्र आगामी असार सात गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको यो चलचित्रमा नायिका पूजा शर्मा, कुन्साङ बोमजोम, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *