काभ्रेको बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु गरिने बताएको हो।
दोलखा चलचित्र नगरी निर्माणका लागि बजेटमा अर्थमन्त्री पुनले निजी तथा साझेदारी अभियान समेत अगाडि बढाउने बताएका छन् । बनेपामा स्टुडियो बनाउन हालै जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरेको थियो ।
गत वर्षको बजेटमा पनि सरकारले काभ्रेको बनेपामा बन्ने स्टुडियो र दोलखाको फिल्म सिटी सम्बोधन गरेको थियो ।
त्यस्तै यस वर्षको बजेटमा सरकारले भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्यलगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने समेत जनाएको हो
बजेटमा प्रतिलिपि अधिकारको संरक्षण र नियमन समेत उल्लेख गरिएको छ ।