आजबाट दुई नेपाली चलचित्र ‘फर्की फर्की र पूजार सार्की’ प्रदर्शनमा आएको छ। नायक अनमोल केसीको मुख्य भूमिका रहेको यो चलचित्रमा लभ स्टोरी कथामा ‘टाइम लूपको’प्रयोग गरिएको छ। त्यस्तै अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘पुजार सार्की’ले मंगलबार दर्शकमाझ सर्बे शोको आयोजना गरेको थियो। यो चलचित्रको ट्रेलर सार्वजनिक भएदेखी नै प्रतिक्षित छ।
निर्देशक सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको छ। प्रिमिएरमा निकै तारिफ बटुलेको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माण रहेको छ।
नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, अष्ट महर्जनको द्वन्द्व र सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ ।
निर्देशक दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘पूजार सार्की’मा नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका छ। जातीय र वर्गीय विभेदको कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत प्रस्तुत गरेको यो चलचित्रको मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा ‘सर्भे’शोको आयोजना गरिएको थियो।
सर्भे शोमा चलचित्र हेरेका दर्शकले यो चलचित्रलाई अत्यधिक रुचाएका छन्। विकास सुवेदीको लेखन रहेको यो चलचित्रमा नायिकाहरु अञ्जना बराइली, परीक्षा लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ ।
किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुवास भुसालको निर्माण रहेको छ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। यो चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।
नेपालमा आरआर फिल्मसले वितरण गर्ने यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ।