‘पुजार सार्की’: पहिलो पटक रिलिज अगावै दर्शकलाई देखाइयो

९ जेठ २०८१ ७:२५

भोलिबाट सार्वजनिक प्रदर्शन हुने चलचित्र ‘पुजार सार्की’ सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक रिलिज अगावै दर्शकलाई चलचित्र देखाइएको छ। काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो चलचित्र देखाइएको हो।

मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। त्यहाँ ‘पुजार सार्की’का कलाकारहरूले पनि चलचित्र हेरेका थिए। दर्शक छनोट गर्दा नेपाली चलचित्रलाई एकदमै प्रेम गर्ने, ‘पुजार सार्की’ हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा ‘पुजार सार्की’ भएका लगायतको दृष्टिकोण राखिएको थियो।

यसरी रिलिज अगावै चलचित्र देखाइनुको उद्देश्य चलचित्रप्रति वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो चलचित्रबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, चलचित्र हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताए।

मङ्गलवार चलचित्र हेरेका दर्शकले यो चलचित्रलाई अत्यधिक रुचाएका छन्। यी दर्शकबाट यस चलचित्रको विषय, कलाकारहरूको सशक्त अभिनय, प्रदीप खड्काको बेजोड भूमिका, आर्यन सिग्देल तथा पल शाहको फरक भूमिका तथा निर्देशकिय क्षमताको खुलेर तारिफ भएको छ।

वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। विकास सुवेदीको लेखेका रहेको चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए।

राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन तथा सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीको द्वन्द्व निर्देशन छ । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ।

अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय रहेको चलचित्रमा अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *