युवापुस्ताको माया र आकर्षणको हो ‘फर्की फर्की’ : अनमोल केसी

२ जेठ २०८१ ६:१३

निर्देशक सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘फर्की फर्की’ यही जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। यो चलचित्रमा नायक अनमोल केसी र नायिका सजिता गुरुङ मुख्य भूमिकामा छन्।

रोमान्टिक कमेडी जनरामा निर्माण गरिएको यो चलचित्रमा नायक अनमोल केसी म्याडीको चरित्रमा देखिदैछन् । आफ्ना अघिल्ला प्रेम कथानक झैँ नलागोस् भनेर रोमान्टिक कमेडीसँगै ‘टाइम लुप’को कन्सेप्ट यो चलचित्रमा समेटियको अनमोलको भनाइ छ।

उनको हरेक चलचित्रमा फरक फरक भूमिका देख्न सकिन्छ। भने यो पटक पनि उनी फरक भूमिका मार्फत दर्शकमाझ प्रस्तुत भएका छन् । युवापुस्तामाझ निकै लोकप्रिय मानिने उनी झन्डै दुई वर्षपछि यसै चलचित्र मार्फत दर्शकमाझ देखिन लागेका हुन् ।

उनले आफ्ना अघिल्ला प्रेम कथानक झैँ नलागोस् भनेर यो चलचित्रमा रोमान्टिक कमेडीसँगै ‘टाइम लुप’को कन्सेप्ट समावेश गरिएको बत्ताउँछन् । उनी भन्छन्। -‘हामी कहाँ यस्ता विषयमा चलचित्र बनेको छैन । हलिउड र बलिउडमा भने यस्ता विषयमा धेरै चलचित्र निर्माण भएका छन्’। ‘टाइम लुप’ कथा मार्फत दर्शकलाई केही नयाँ दिन खोजिएको हो ।’ यो चलचित्रमा ‘टाइम लुप’को अलावा युवा पुस्ताको माया र आकर्षणको कथा पनि समेटिएको उनी बताउछन्।

उनी अगाडि थप्छन्, ‘मैले म्याडी पात्र बारे बुझेपछि निर्देशक सुयोगजीलाई नै पर्दामा उतारेको हुँ । धेरै सिमिलर छ । म भन्दा म्याडी फरक छ । यद्यपि हाम्रो रोमान्टिक कमेडीले सम्बन्धमा भइरहेका गल्ति र त्यसको नतिजासँग जानकार गराउँछ’।

यो चलचित्रको सार्वजनिक ट्रेलरबाट थप हाइप क्रेट गरेका नायक अनमोल केसीले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । यो चलचित्रमा उनले नायिका जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । अनमोल र जसिताले यसै चलचित्र मार्फत पहिलोपटक एकसाथ काम गरेका हुन्।

यो चलचित्रमा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको सयुक्त लगानी छ । यो चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माता हुन् ।

बक्सअफिसमा ओपनिङ राम्रो हुने अपेक्षा गरिएको यो चलचित्रमा अनमोल र जसिताको अलावा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *