चलचित्र पत्रकार संघ नेपालको सम्मान तथा पुरस्कार कार्यक्रको घोषणा

२ जेठ २०८१ ५:३४

यही जेठ ७ गते २५ औँ वार्षिकोत्सवको अवसर पारेर चलचित्र पत्रकार सङ्घ नेपालले सात जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष समीर बलामीको अध्यक्षतामा मंगलबार बसेको सङ्घको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

जेठ ७ गते सोमवार नक्सालमा आयोजना गरिने एक विशेष समारोहमा दाङ कार्यक्षेत्र भएका पत्रकार शिव पुनलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार–२०८१ र मदन रिजाललाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१ बाट पुरस्कृत गरिँदै छ । त्यस्तै, सुरज खड्का तथा अशेष अधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत हुने । पुरस्कारमा नगद सहित सम्मान पत्र रहेको छ ।

सङ्घका महासचिव रघुनाथ सापकोटाले एक विज्ञप्ति जारी गर्दै पुरस्कार तथा सम्मानको जानकारी दिएका हुन् । विज्ञप्तिमा उल्लेख गरिए अनुसार पत्रकार विदुर गिरीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८१’ , कृष्ण भट्टराई र राज श्रेष्ठलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८१’ प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *