‘होस्टेल’को तेस्रो सिरिजमा टिकटक स्टार पारस ‘कुल ब्वाई’ अनुबन्धित

२१ वैशाख २०८१ १३:०४

चलचित्र ‘होस्टेल’को तेस्रो सिरिजमा टिकटक स्टार पारस बम अर्थात ‘कुल ब्वाई’ अनुबन्धित भएका छन्। पारस यो चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भएका हुन्।

सशान कँडेलको निर्देशनमा बन्न लागेको यो चलचित्रको दोश्रो सिरिजबाट नायकहरू अनमोल केसी, सलोन बस्नेत, नाजिर हुसेन, सुशील श्रेष्ठ उदाएका थिए भने नायिकाको रुपमा स्वस्तिमा खड्का अहिले स्टार भइसकेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा स्टार जन्माउने चलचित्रको रुपमा हेरिएको यो चलचित्रले अहिले टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रुपमा ‘कुल ब्वाई’को नामबाट चिनिएका पारस बमलाई मुख्य नायकको रुपमा फाइनल गरेको हो।

होस्टेलमा बसेर अध्ययन गरिरहेका युवाहरूको विभिन्न घटनामा आधारित रहेर निर्माण हुन लागेको यो चलचित्रमा निर्देशक सशानकै कथा र शिशिर ज्ञवालीको लगानी रहनेछ ।

शंकर कोइराला कार्यकारी निर्माता रहेको चलचित्रमा सुधा महरठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माताको रुपमा छन् । यो बर्षको अन्त्यतिर रिलिज गर्ने योजना रहेको यो चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मसँगको सहकार्यमा तयार पार्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *