आजबाट हलमा ‘मनसरा’ – कस्तो छ बिहानी शो ?

२१ वैशाख २०८१ ५:१२

आज शुक्रबार बाट चलचित्र ‘मनसरा’ सार्वजनिक प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको यो चलचित्र आजबाट रिलिजमा आएको हो। यो चलचित्रले मंगलबार प्रिमियरमा चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रले देशभरका हलमा उच्च शोज पाएको छ । प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ भने बिहानी शोमा दर्शकको औषत साथ पाएको छ।

मानिसको जीवन र सम्बन्धको कथामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको बिहानी शोजमा भने औषत सुरुवात गरेको छ । यो चलचित्रलाई अपेक्षित सुरुवात मान्न मिल्दैन । किनकी, यो चलचित्रको बूकिङ कमजोर हुँदा त्यसको प्रभाव बिहानी शोमा देखिएको हो ।

शैलेन्द्रध्वज कार्कीको छायांकन तथा निर्माणमा तयार भएको यो चलचित्रको टिम दर्शकसँग साक्षात्कार गर्न आज बिहानैदेखि पूर्वका विभिन्न हलहरुमा पुगिरहेको छ ।
यो चलचित्रमा मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, दयाहाङ राई, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *