प्रकाशको ‘अनटाइटल’ चलचित्रमा स्वस्तिमा अनुबन्धित

२१ वैशाख २०८१ ४:५६

गायक प्रकाश सपुतको लेखन, निर्माण, निर्देशन तथा अभिनय रहने ‘अनटाइटल’ चलचित्रमा नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। यो चलचित्र निर्माणको घोषणा केही दिनमा गरिनेछ।

गीत संगीत हुँदै नेपाली चलचित्र ‘प्रदेशी -२’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका सपुतले यो चलचित्रको टिजर समेत तयार पारिसकेका छन्। यो चलचित्रको टिजर सँगै चलचित्र निर्माणअको घोषणा गर्ने तयारीमा निर्देशक सपुत लागिपरेका छन्। यो चलचित्रको टिजरमा समेत नायिका स्वस्तिमाले स्थान पाएकी छिन्।

लगभग एकहप्ता अगाडि चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ साइन गरेका सपुतले यो चलचित्रमा नायिका केकी अधिकारीसँग जोडी बाँध्ने छन्। त्यस्तै, स्वस्तिमाको कुरा गर्दा स्वस्तिमा र प्रकाशले यसअघि एउटा गीतको भिडियोमा सँगै काम गरेका थिए । अब, उनीहरू ठूलो पर्दामा पनि एकसाथ देखिने भएका हुन्।

नायिका स्वस्तिमा खड्काको भूमिका तथा निर्माण रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को छायांकन सकिए लगत्ती गायक प्रकाशको यो चलचित्रको छायांकन सुरु गरिनेछ । तर, निर्माणपक्षले यस बारेका मुख खोलेको भने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *