शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मनसरा’को काठमाडौंमा प्रिमियर गरिएको छ। बुधबार साँझ ललितपुरको लबिङ मलमा आयोजित प्रिमियरमा निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, लक्ष्मण सुवेदी, अभिनेता खगेन्द्र लामिछाने, कर्मा शाक्य, विजय बराल, अभिनेत्री सुरक्षा पन्त, सरिता गिरी, निर्माता सुनिल कुमार थापा, रोहित अधिकारी, गायक सत्यराज र स्वरूपराज आचार्यलगायत थुप्रैकलाकर्मी तथा पत्रकार लगायतको बाक्लो उपस्थिति थियो ।

एकल महिला र निसन्तान पुरुषबिचको कथा भन्ने यो चलचित्रको प्रिमियर हेरेका प्राय: सबैले चलचित्रलाई उत्कृष्ट भन्दै तारिफ गरेका छन्। त्यस्तै, अभिनेता प्रवीण खतिवडा र अभिनेतृ मिरुना मगरको वरिपरि घुमेको यो चलचित्रमा अभिनेता दयाहाङ राईको पनि भूमिका छ । यो चलकित्रमा गायक सत्यराज आचार्य र कवि विप्लव प्रतीक विशेष भूमिकामा छन् ।
निर्देशक उपेन्द्र सुब्बा निर्देशित यो चलचित्र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको हो। यो चलचित्रका निर्माता कथा छायाकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता रहेको यो चलचित्रमा सुब्बा कै लेखन छ।