‘राधा’को ट्रेलरमा श्रीमान् खोज्दै भौतारिएकी श्रृष्टी

८ साउन २०७९ १०:१०

भदौको १० गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘राधा’को ट्रेलर आज सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा नायिका श्रृष्टी श्रेष्ठ केन्द्रिय भूमिकामा देखिएकी छिन् । जहाँ, उनी आफ्नो हराएको श्रीमान् खोज्दै भौतारिएकी छिन् । श्रृष्टीको अभिनयले यो चलचित्रबाट दर्शकको मन जित्ने अपेक्ष ागर्न सकिन्छ ।

सुवर्ण थापाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा श्रृष्टीको साथमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । सौगात मल्ल, देविका बिष्ट र विक्रम दास जोशीको लगानीमा बनेको चलचित्रमा निकुन श्रेष्ठ र फिरोज खड्का कार्यकारी निर्माताको रुपमा छन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटाको संगीत छ । यो चलचित्रले समाजमा आम मानिसले भोगिरहेको तर नभनिएको कथा बोल्ने निर्देशक थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *