‘नाई नभन्नु ल ६’को टिजरमा आर्शिवादको एक्सन र आँचलसँगको प्रेम

२० फागुन २०७९ ३:१७

चलचित्र ‘नाई नभन्नु ल ६’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा नयाँ नायक आर्शिवाद क्षेत्रीको एक्सन र उनको नायिका आँचल शर्मासँगको प्रेम देखाइएको छ । साथमा टिजरमा कलाकार सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी लगायतलाई पनि देख्न सकिन्छ ।

यसअघि बालप्रेममा बढी केन्द्रित भएको ‘नाई नभन्नु ल’ यसपटक भने केही फरक देखिएको छ । विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रबाट नव–नायक आर्शिवाद क्षेत्रीले संभावना देखाएका छन् । चलचित्रमा विकासराज आचार्य, सामिप्य तिमिल्सिना, अरुणदेव जोशीको कथा, हिमाल केसीको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी छ ।

यो चलचित्र बैशाखको १ गतेबाट रिलिज हुँदैछ । दर्शकले यसअघिका ५ सिरिजलाई माया गरेका कारण पनि यसपटक पनि चलचित्र चल्नेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *