पहिलो पटक प्रेमको प्रश्नमा घेरिए पुष्प

१२ असार २०७९ १०:२६

नायक पुष्प खड्काले नेपाली चलचित्र क्षेत्रमा छुट्टै स्थान बनाएका छन् । विवादमा नपर्ने, अभिनय उत्कृष्ट गर्ने, प्रेमको चक्कर भन्दा पर रहने छवि उनको छ । तर, पहिलो पटक नायक पुष्प खड्का प्रेमको प्रश्नमा घेरिएका छन् । भदौ ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृष्णलीला’की नायिका श्रद्धा क्षेत्रीसँग उनको प्रेमको चर्चा सुरु भएको छ ।

सार्वजनिक कार्यक्रममा समेत एकसाथ देखिने, एक अर्कालाई निक्कै सहयोग गर्ने भएका कारणले पनि उनीहरुको प्रेम चर्चा सुरु भएको हुनसक्छ ।

यो चलचित्रको ‘ए मेरो हजुर’ बोलको गीत रिलिज कार्यक्रममा पनि पत्रकारले उनीहरुलाई यही बिषयमा प्रश्न सोधेका थिए । तर, दुबैले यो कुरालाई अस्विकार गरे । दुबै जनाले एक अर्कालाई मिल्ने साथी भएको तर्क गरे । तर, पुष्प र श्रद्धाको सम्बन्धलाई साथी भन्दा माथिको रुपमा हेर्न थालिएको छ ।

पुष्प र श्रद्धाको प्रेम चर्चा वास्तविक नै हो या उनीहरुले चलचित्र चलाउनका लागि यो फन्डा अपनाएका हुन्, यो उनीहरुलाई नै थाहा होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *