‘बाबरी, सम्हालिन्छ कहिले मन र संझना विर्सना’का गीत हिट

९ असार २०७९ ३:०२

रिलिजको तयारीमा रहेका ३ नयाँ नेपाली चलचित्रका गीत गत साता सार्वजनिक भए । भदौ ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबरी’, भदौ १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र असार ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘संझना विर्सना’को गीत क्रमिक रुपमा रिलिज भए ।

सार्वजनिक भएका तिनै गीतले दर्शकको माया पाएका छन् । योसँगै नेपाली चलचित्रका गीतहरुले फेरि आफूलाई लयमा फर्काएका छन् । यसअघि ‘म यस्तो गीत गाउँछु २, कबड्डी ४, ए मेरो हजुर ४’को गीतले पनि दर्शकको मन जितेका थिए । यी तिनै चलचित्र बक्स अफिसमा हिट भए ।

सार्वजनिक भएको सुरुवाती दिनमा औषत भ्यूज बटुलेको चलचित्र ‘बाबरी’को गीत अहिले हिट भैरहेको छ । ८ दिनमा नै यो गीतलाई १२ लाख भन्दा बढी भ्यूज मिलेको छ । दर्शकले यो चलचित्रको अडियोलाई निक्कै रुचाएका छन् । अस्मिता अधिकारीको स्वरलाई दर्शकले अझ बढी मन पराएको पाइएको छ ।

यस्तै, सार्वजनिक भएको ५ दिनमा नै चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीतले १५ लाख भ्यूज पाएको छ । यो गीतको अडियो र भिडियो दुबैलाई दर्शकले निक्कै मन पराएका छन् ।

यस्तै, चलचित्र ‘संझना विर्सना’को ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीतले पनि दर्शकको मत जितिरहेको छ । तर, नायिका पूजा शर्माकै अभिनय रहेको यो चलचित्रको गीतलाई पूजाकै अभिनय रहेको अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीतले ओझेलमा पारेको देखिएको छ ।

चलचित्रको व्यापारका लागि गीतको पनि मुख्य भूमिका हुने गर्दछ । पक्कै पनि सार्वजनिक ३ गीतले ३ वटै चलचित्रको व्यापारलाई फाइदा पुग्ने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *