आमा–बुबासँग जीबबले गरे ३ बुँदे सहमति

३० जेठ २०७९ १५:४४

र्यापर जी बब र उनका आमा–बुबाविच ३ बुँदे सहमती भएको छ । संझौतामा जी बब बस्ने भनिएको पुनस्र्थापना केन्द्र समर्पण नेपाल पनि जोडिएको छ ।

सहमतीमा जी बबलाई उनको इच्छा अनुसार हाल समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा नै राख्ने सहमती भएको छ । यस्तै, केही समयका लागि जी बबले चाहेको खण्डमा उनका आमा–बुबालाई भेट गराउने व्यवस्था समर्पण समाज नेपाल, कपनले नै मिलाउनेछ ।

यस्तै, कुनै पनि प्रकारको कार्यक्रममा भाग लिनु परेको खण्डमा अब जीबबले आमा–बुबाको सहमति पनि लिनुपर्नेछ । जीबबलाई एनटीएफले नशालु पदार्थ खुवाएर राखेको भन्दै उनका आमा–बुबा मिडियामा आएपछि एनटीएफले आइतबार जीबबलाई नै राखेर पत्रकार सम्मेलनको आयोजना गरेको थियो । जसमा, जीबबले आफू आफ्ना आमा–बुबासँग बस्न नचाहेको उल्लेख गरेका थिए ।

पारिवारिक झगडा मिडियामा छताछुल्ल भएपछि यो सहमती भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *