यसरी हुँदैछ आलिया र रणवीरको बिहेको तयारी

२८ चैत २०७८ ५:२४

बलिउड लभ बर्ड नायिका आलिया भट्ट र नायक रणवीर कपुर बिहेको तयारीमा लागेका छन् । यो जोडीको बिहे अप्रिल १४ देखि अप्रिल १७ सम्म मुम्बइमा हुनेछ । मुम्बईमा हुने बैबाहिक समारोहलाई भव्य बनाउनका लागि रणवीर र आलियाले कुनै कसर बाँकी छाडेका छैनन् ।

बिहेको बिषयमा रणवीर र आलियाले मुख खोलेका छैनन् । तर, कपुर परिवारको पुर्खौली घर आरके हाउसमा भव्य तयारी सुरु गरिएको छ । बिहे भन्दा अगाडि आरेक हाउसलाई दुलहीको जस्तो गरी सजाउन थालिएको छ । सामाजिक संजालमा भाइरल भएको तस्वीरमा आर के हाउसको तयारी प्रष्ट देख्न सकिन्छ ।

रणवीर र आलिया केही बर्षदेखि प्रेम सम्बन्धमा छन् । रणवीरले आलिया भन्दा अगाडि दीपिका पादुकोण, कट्रिना कैफ जस्ता नायिकाहरुसँग पनि प्रेम गरेका थिए । तर, उनको जीवनमा आलियाको प्रवेश भयो । आलियासँग प्रेम गरेपछि भने रणवीर बिहे गर्ने सोचमा पुगेका हुन् । आलिया रणवीरकी आमा नितु कपुरकी पनि प्रिय मानिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *