जी बबलाई घर फर्काइदिन आग्रह गर्दै बाबु–आमाले गुहारे प्रहरी(भिडियो)

२७ जेठ २०७९ १५:४०

पछिल्लो पुस्ताका सर्वाधिक चर्चित र्यापर हुन् जी बब अर्थात सुदिप भण्डारी । २० बर्षका सुदिपले गाएको ‘फाइनल्ली भेटियो’ बोलको गीत २ दिन अगाडि रिलिज भयो, जसले सर्वाधिक चर्चा पाइरहेको छ । उनले तेरो बाउ बोला भन्दै र्याप ब्याटलमा गाएपछि भाइरल नै भयो । तर, जी बबको सर्वाधिक चर्चा भैरहँदा उनको पर्दा पछाडिको जीवन भने कस्तो होला ?

जी बबका आमा–बुबाले आज गरेको पत्रकार सम्मेलनमा उनीहरुले छोराको वास्तविकता खुलाएका छन् । दुबईमा विगत ५ बर्षदेखि रहेर काम गर्दै आएका उनका पिता केही दिन अगाडि मात्र सधैका लागि घर फर्किएका छन् । छोरा लागूपदार्थ दुव्र्यसनीमा फसेपछि उनका पिता घर त फर्किए तर छोरा भेट्न पाएका छैनन् ।

उनका पिताले पत्रकार सम्मेलनमा भने–‘एनटीएफले छोरालाई घर आउन दिएको छैन । म नेपाल आएको ५ बर्ष भयो तर छोरालाई भेट्न पाएको छैन । आज छोरालाई प्रहरी चौकीमा भेट भएको थियो । तर, छोराले घर नै जान्न भन्ने कुरा गर्यो । यो उसले बोलेको हैन । एनटीएफले पुरै नशामा राखेर उसलाई बोल्न सिकाएको छ ।’

जी बबकी आमाले पनि छोरालाई नशाको तालमा एनटीएफले खाली कागजमा संझौता गरेर आफूहरुबाट टाढा बनाएको आरोप लगाइन् । उनले भनिन्–‘उनीहरुले मेरो २० बर्षको छोरासँग एक्ले संझौता गरेर हुँदैन । हामीसँग बसेर आजसम्म संझौता भएको छैन । उ नशामा डुबेको छ । एनटीएफले हामीलाई समेत भेट्न दिएको छैन ।’

र्यापर जी बबको कमाइको हिसाबसमेत एनटीएफले पारदर्शी रुपमा नदेखाएको उनको आमा–बुबाको भनाई छ । जी बबका बाबुले आमाले पत्रकार सम्मेलनमा के भने, तलको भिडियोमा हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *