नीताको ‘ह्रस्व दीर्घ’मा ‘गजनी’का भिलेनपछि ‘पुष्पा’का भिलेनको इन्ट्री

२२ जेठ २०७९ १५:३६

नायिका नीता ढुंगानाको नीता फिल्मस्बाट बन्न लागेको पहिलो फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका चर्चित कलाकारहरुको पनि प्रवेश भैरहेको छ । हरिहर अधिकारी र नीता ढुंगानाको मुख्य भूमिका रहने यो फिल्ममा साउथका चर्चित कलाकारहरुले काम गर्ने पक्का भएको छ । चन्द्र पन्तको निर्देशनमा तयार हुने फिल्मको छायांकन भारतको चर्चित छायांकन स्टूडियो रामोजी फिल्मस्मा हुँदैछ ।

यो फिल्ममा केही समय अगाडि मात्र ‘गजनी’ चलचित्रमा खलनायकको भूमिका निर्वाहा गरेर चर्चामा आएका कलाकार प्रदिप रावतले काम गर्ने पक्का भएको थियो । अब, यो चलचित्रमा ‘पुष्पा’ चलचित्रमा खलनायकको रुपमा देखिएका कलाकार सुनिल वर्माले काम गर्ने पक्का भएको छ । सुनिलको ‘पुष्पा’मा गरेको अभिनयलाई नेपाली दर्शकले पनि खुबै मन पराएका थिए ।

चलचित्रका निर्देशक चन्द्र पन्तले उनलाई आइतबार चलचित्रमा अनुवन्धित गरेका हुन् । उनले चलचित्रमा काम गर्न ह्यान्डसम रकम लिएको वुझिएको छ । यो चलचित्रको हाल कथामा धमाधम काम भैरहेको छ । चलचित्रलाई बलिउडका चर्चित छायांकार कबीर लालले खिच्दैछन् ।

नीता र हरिहरले यो चलचित्रलाई ठूलो स्केलमा बनाउने तयारी गरेका छन् । यसका लागि, चलचित्रको छायांकन स्थलदेखि कलाकार समेत बलिउडका र नेपाललाई मिलाएर रोजिएको छ । नीता र हरिहरले असारको अन्तिम साता बिहे गर्दैछन् । बिहेपश्चात उनीहरुले चलचित्रको काम सुरु गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *