साहरुख–एट्लीको नयाँ फिल्म ‘जवान’, जुन २ मा रिलिज हुने

२० जेठ २०७९ ८:४८

चलचित्रको लाइनअपलाई हेर्ने हो भने सन् २०२३ बलिउड नायक साहरुख खानको पकडमा जाने देखिएको छ । ५ बर्षको अन्तरालपछि कमब्याक गर्ने तयारीमा रहेका साहरुखको आउँदो बर्ष ३ वटा चलचित्र रिलिज हुनेछन् । उनको यशराज ब्यानरसँग ‘पठान’, राजकुमार हिरानीसँग ‘डन्की’ र साउथका सुपरहिट निर्देशक एट्लीसँग ‘जवान’ आउने पक्का भएको छ ।

आज साहरुखले आफ्नो नयाँ चलचित्र ‘जवान’को नाम र प्रदर्शन मिति सार्वजनिक गरेका छन् । यो चलचित्र आउँदो बर्षको जुन २ गतेबाट रिलिज हुने पक्का भएको छ ।

यो चलचित्रको सार्वजनिक टिजरमा साहरुखको एक्सन अवतार देख्न सकिन्छ । छोटो संवादसहित सार्वजनिक टिजरमा साहरुखको गेटअप पनि भिन्न छ । उनले आफ्नो आधा अनुहार ढाकेका छन् । साहरुखको यो गेटअपलाई उनका फ्यानले निक्कै रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *