रुविनालाई भेट्न नपाउँदा आर्यनको छटपटी

१९ जेठ २०७९ १०:३३

नायक आर्यन सिग्देल र नायिका रुविना थापाको प्रेम झल्काइएको ‘मेरी सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई चर्चित छायांकार सौरभ लामाले निर्देशन गरेका हुन् । डीपी खनाल र साडु खनालको शब्द रहेको गीतमा रविन लिम्बुको स्वर, शंकर थापा ‘स्माइल’को संगीत छ ।

आफ्नी मायालुसँग टाढा भएको एक प्रेमीले आफ्नी प्रेमिकालाई संझिएर यो गीत गाएका हुन् । हिमाल श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी, सौरभ लामाको डीओपी र निर्देशन, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ ।

नायक आर्यन सिग्देल र नायिका रुविना थापाको जोडीलाई यो म्युजिक भिडियोमा पनि दर्शकले रुचाउने अपेक्षा निर्देशक लामाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *