नीतिको ‘खजुरे ब्रो’को प्रिमियर सम्पन्न

२६ वैशाख २०८१ ५:३२

निर्देशक सुरज सुनुवारको निर्देशनमा तयार भएको चाचित्र ‘खजुरे ब्रो’को प्रिमियर सम्पन् गरिएको छ। शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रको मंगलबार काठमाडौंमा प्रिमियर सम्पन्न गरिएको हो भने बुधवार धरानमा पनि यो चलचित्रको प्रिमियर गरिने निर्माणपक्षले जनाएको हो।

यो चलचित्रको प्रिमियर हेर्न पुगेका सबैले चलचित्र राम्रो र पूर्ण रुपमा मनोरञ्जन प्रदान गर्ने प्रतिक्रिया दिएका छन्। यो चलचित्रले साथीसँगको सम्बन्ध, पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथालाई पेश गर्छ।

काठमाडौं, दार्जिलिङ, धरान र इटहरीमा छायांकन गरिएको यो चलचित्रले धरानको स्थानीय कला तथा मौलिक लवजलाई विशेष तरिकाले प्रस्तुत गर्छ। नायिका नीति शाहका लागि विशेष बनेको यो चलचित्र हेरेका अधिकांश कलाकारले रेअर राइको प्रशंसा गरेका थिए । रेअरले निकै राम्रो र तारिफ योग्य काम गरेका छन्।

सवा २ घन्टा लामो यो चलचित्रमा महेश त्रिपाठी, रेअर राई, नविन मानन्धर, नीति शाह, पुस्कर कार्की, बिनिता थापा मगर, शान्तिला तामाङ लगायतका कलाकारको अभिनय छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको यो चलचित्रमा नवीन मानन्धर र सुरज सुनुवार निर्माता, सुनिल श्रेष्ठ, अनिल मानन्धर, पिकेश मानन्धर सह–निर्माता, शिशिर विशंखेको छायांकन, मित्र डी गुरुङको सम्पादन र अनमोल गुरुङको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *