‘कार्साङ’को बुकिङ खुला, कस्तो गर्ला ओपनिङ ?

२४ पुष २०८१ ८:१२

यही शुक्रबारबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला गरिएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले बुधवारदेखी अग्रिम बुकिङ खुला गरेको हो ।

देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ ।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ । त्यसैगरि, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले सम्मान ६-६ शो उपलब्ध गराएका छन्। बिग मुभिजले, वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको यो चलचित्र ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।

चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *