निर्देशक मिलन चाम्स यतिबेला नयाँ चलचित्रको तयारीमा जुटेका छन् । मिलनले अब बनाउने नयाँ चलचित्र लभ स्टोरी कथामा आधारित रहनेछ । ‘गोर्खा वारियर, एन्जिला’ लगायतका चलचित्रपछि उनी पुन: लव स्टोरी चलचित्र निर्माणमा जुटेका हुन् ।
निर्देशक चाम्सले यो चलचित्रको घोषणा फ्रेबुअरी ३ मा गर्ने जनाइएको छ । यो चलचित्रको कथा राजिव थापाले लेखेका हुन् ।
गोर्खा फिल्मस्को प्रस्तुति र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गर्न लागिएको यो चलचित्रको छायांकन आगामी अगस्ट महिनामा लण्डन र नेपालमा गरिने जनाइएको छ ।
मेकिङमा निकै नै ध्यान दिने मिलनले ‘लिलिबिली, वर एण्ड वधु, विर विक्रम, विर विक्रम २’ जस्ता लभ स्टोरी चलचित्र बनाइसकेका छन् ।