‘माइतीघर’मा दिकिलाको ठाउँमा श्यामाको प्रवेश

१३ माघ २०८१ ७:५३

निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘माइतीघर’मा नायिका रिप्लेस गरेका छन् । नव- नायिका दिकिला शेर्पाले सहमति भंग गरेपछि निर्माता रोहितले उनको ठाउँमा श्यामा श्री शेर्पालाई प्रवेश गराएका हुन् ।

रोहितले दिकिलाई यो चलचित्रबाट ‘डेब्यु’ गराउने सहमति गराएका थिए । तर, यो चलचित्र भन्दा अगाडि रिलिज र छायांकन हुन लागेको चलचित्र ‘कुस्ती’मा दिकिला अनुबन्धित भएकी थिइन् । जसलेगर्दा, निर्माता अधिकारी आक्रोशित बनेका थिए ।

‘कान्स फिल्म फेस्टिभल’मा समेत सहभागी भइसकेकी श्यामा श्री शेर्पा सिक्किममा रहँदै आएकी छिन् । श्यामाश्रीले छोटो चलचित्र ‘तारा’मा काम पनि गरिसकेकी छिन् ।

आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज हुने यो चलचित्रलाई मिलन तामाङको निर्देशन गर्दैछन् । चलचित्रमा केदार घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरू फाइनल भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *